हलेसी तुवाचुङ नगरपालिका–२ की ३७ वर्षीया तुलसी कार्कीलाई कुटपिट गरेको आरोपमा प्रहरीले सोही ठाँउका ३५ वर्षीय विनोद राइलाई गिरफ्तार गरेको छ ।
हलेसी तुवाचुङ नगरपालिकास्थित प्रारम्भिक बाल विकास केन्द्रकी सहयोगी कार्कीलाई आरोपितले चैत ६ गते कुटपिट गरेको आरोपमा चैत ७ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका एसपी बामदेव गौतमले बताउनुभयो ।
बाल विकास केन्द्रमा सहयोगी र महिला स्वास्थ्य स्वयम् सेविकामाथि कुटपिट भएको विषयमा न्यायिक समितिमा उजुरी परेको वडाध्यक्ष हरिकुमार खड्काले बताउनुभयो ।
के कारणले कुटपिट भएको हो भन्ने विषयमा अनुसन्धान थालिएको एसपी गौतमको भनाइ छ ।