INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार 

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले भानु नपा–९ बाइसजाँगरका २७ वर्षीय श्रवणकुमार  श्रेष्ठलाई चैत ३ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले फागुन ५ गते सोही वडाको ठुलो वन भन्ने स्थानमा लगेर बलात्कार गरेको भन्दै पीडितले फागुन १९ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिएको डिएसपी लिलाराज लामिछानेले बताउनुभयो ।

आरोपितलाई जिल्ला अदालतबाट चैत ४ गते म्याद थप गरि थप अनुसन्धानको लागि हिरासतमा राखिएको डिएसपी लामिछानेले बताउनुभयो ।पीडितको स्वास्थ्य परीक्षण फागुन १९ गते दमौली अस्पतालमा गरिएको थियो ।

अन्य

भिडियो