१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा हरिनगर गाँउपालिका–२ का २१ वर्षीय मोहम्मद जाहिद आलम भनिने जाहिद अन्सारी विरूद्ध पीडित पक्षले प्रहरीमा उजुरी दिएको छ ।
बिवाह गर्ने प्रलोभनमा कात्तिक ५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपित विरूद्ध चैत ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको एसपी यज्ञविनोद पोखरेलले बताउनुभयो ।
पीडितको उजुरी लगत्तै आरोपित फरार भएको र खोजी थालिएको एसपी पोखरेलको भनाइ छ ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा चैत ३ गते गरिएको छ ।