सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा आरुघाट गाउँपालिका–८ रानीस्वाँराका २० वर्षीय विकास गुरुङलाई जिल्ला प्रहरी कार्यालय गोरखाले चैत २ गते गिरफ्तार गरेको छ ।
आरुघाट गाउँपालिका–८ कटुवाल डाडाँमा ०७६ फागुन २७ गते गुरुङले पीडितको कपडा खोलि अस्वाभाविक यौनजन्य व्यवहार गरेको पीडितका परिवारले चैत २ गते जिल्ला प्रहरी कार्यालय गोरखामा दिएको जाहेरीमा उल्लेख रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी वासुदेव खतिवडाले बताउनुभएको छ ।
आरोपितविरुद्घ चैत ३ गते जिल्ला अदालतमा बाल यौन दुरुपयोग शिर्षकमा मुद्दा दर्ता गरि अनुसन्धान प्रक्रिया अघि वढाइएको र बालिकाको स्वास्थ्य परीक्षण सोहि दिन गोरखा अस्पतालमा गरिएको डिएसपी खतिवडाले जानकारी दिनुभएको छ ।