INSEC Online

📅 २०८३ जेष्ठ २२

जेष्ठ नागरिकको हत्या प्रयासका आरोपित गिरफ्तार

राजविराज नपा–८ का ६७ वर्षीय सत्यनारायण साहलाई घाँटी काटेर हत्या प्रयास गरेको आरोपमा प्रहरीले सोही ठाउँ बस्ने २० वर्षीय मुकेश मण्डललाई चैत १ गते गिरफ्तार गरेको छ ।

photo20200316saptari

घरमा सुतिरहेका बेला साउन २९ गते राति ११ः३० बजे घरभित्र प्रवेश गरेका आरोपितले भुईमा लडाई धारिलो हतियारले घाँटी काटेको पीडितले बताउनु भयो । रातको समयमा आरोपितले दराज खोलेर समानहरु खोतली रहेका बेला बिउँझेर रोक्न खोज्दा आरोपितले आक्रमण गरेको उहाँले बताउनु भयो ।

पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ०७६ फागुन ३० गतेदेखि उपचार सुरु भएको छ । उहाँको घाँटीमा ६० ओेटा टाँका लगाउनु परेको अस्पतालका अहेव महानारायण प्रसेलाले जानकारी दिनु भयो ।

प्रहरीले घाइतेको घाउँजाँच परिक्षणका लागि चैत १ गते अस्पतालमा पत्र पठाएको र पीडितले आरोपितको पहिचान गरेको मुद्दा शाखाका सई नवराज कार्कीले बताउनु भयो ।

घाइते पीडितको दुई छोरीको विवाह भइसकेको छ भने एक मात्र छोरा भारतको मुम्बईमा बस्नु हुन्छ । पत्नीको मृत्यु भइसकेकोले घरमा पीडित एक्लै बस्दै आउनु भएको छ ।

अन्य

भिडियो