१९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कोहलपुर नपा –२ का २८ वर्षीय चित्रबहादुर थापालाई चैत २ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले चैत २ गते खाजा खाने प्रलोभन देखाएर बैजनाथ गाउँपालिका –४ स्थित होमस्टेमा लगेर बलात्कार गरेको भन्दै पीडितले चैत २ गते इलाका प्रहरी कार्यालय कोहलपुरमा उजुरी दिएको प्रहरीले जनायो । उजुरीका आधारमा गिरफ्तार गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरका सई रणधीर जैसीले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण चैत २ गते भेरी अस्पताल, नेपालगञ्जमा गरिएको प्रहरीले जनायो ।