३८ वर्षीया महिलालाई बलात्कार गरेको आरोेपमा धनगढी उपमहानगरपालिका — १ का ४१ वर्षीय खुशीराम चौधरीलाई प्रहरीले फागुन ३० गते गिरफ्तार गरेको छ ।
घरमा सुतीरहेको अवस्थामा फागनु २९ गते राति आफूमाथि बलात्कार भएको भन्दै पीडित महिलाले जिल्ला प्रहरी कार्यालय, कैलालीमा फागुन ३० गते उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय,कैलालीका हबल्दार केवी रोकायाले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण फागुन ३० गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको हबल्दार रोकायाले बताउनु भयो ।