आठराई गाँउपालिका–४ की २८ वर्षीया बिन्दा पुरीको फागुन २९ गते घाँटी रेटिएको अवस्थामा शव फेला परेको छ ।
फागुन २९ गते बिहान घाँटी रेटिएको अवस्थामा घरमा शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
महिलाको हत्या आफन्तैबाट हुन सक्ने भएको इलाका प्रहरी कार्यालय संक्रान्तिका इन्स्पेक्टर सेशकराम थान्दारले बताउनुभयो ।
शवको पोष्टमार्टम फागुन ३० गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान (घोपा) मा गरिएको छ ।