२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले लुम्बिनी सांस्कृतिक नपा–८ भरवोलियाका २३ वर्षीय अङ्गत भनिने कृष्णकुमार शर्मालाई फागुन ३० गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले फागुन २२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको थियो । उजुरीका आधारमा कारवाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी खडकबहादुर खत्रीले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण फागुन ३० गते भीम अस्पताल, भैरहवामा गरिएको प्रहरीले जनायो ।