INSEC Online

📅 २०८३ जेष्ठ २१

स्थानीयवासीको पहलमा बालविवाह रोकियो

बलान बिहुल गाउँपालिका–३ की १४ वर्षीया बालिकाको हुन लागेको बालविवाह फागुन ३० गते त्यहाँका स्थानीयवासीहरुको पहलमा रोकिएको छ ।

photo20200314saptari

कानून विपरित बालिकाको विवाह गर्न नपाइने भन्दै स्थानीयवासीहरुले रोक लगाए पछि फागुन २९ गतेको विवाह लग्नमा हुन नपाएको विवाह लुकिछिपी फागुन ३० गते पुनः गर्न खोजेकोमा पुनः स्थानीयवासीहरुकै प्रयासमा रोकिएको छ ।

स्थानीयवासीहरुले बालविवाह हुन लागेको सूचना सिडिओ सुनिल खनाल र इन्सेक सप्तरी जिल्ला प्रतिनिधीलाई दिएपछि सिडिओको निर्देशन र इन्सेक प्रतिनिधीको पहलमा प्रहरी सक्रिय भएपछि बालविवाह रोकिएको वडा नम्बर ३ का वडा अध्यक्ष कपलेश्वर मण्डलले बताउनु भयो ।

बालविवाहको जानकारी सत्य भएपछि प्रहरी चौकी बेल्हीको टोलीले विवाहस्थल पुगी विवाहको मण्डप भत्काएको र बेहुलीको भेषमा सजिएकी बालिका र उनकी आमालाई नियन्त्रणमा लिएको प्रहरी चौकीका असई दिनेश राजवंशीले बताउनु भयो ।

भारत बिहार सुपौलबाट आएको बेहुलासहितका १२ जनाको जन्ती सप्तरीको हनुमाननगर कंकालिनी नपा–१ भारदहस्थित कंकालिनी मन्दिरमा पूजा गरी को.१ ज १९०८ नम्बरको टेम्पो रिजर्भ गरेर विवाह गर्न फागुन ३० गते अपरान्ह बलान विहुल गाउँपालिका–३ पुगेका थिए । विवाह रोक्न प्रहरी पुगेपछि उनीहरु विवाह नगर्ने भन्दै निक्लिएको स्थानीयवासीहरूले बताएका छन्।

अन्य

भिडियो