२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले महादेवा गाउँपालिका–२ का ३५ वर्षीय ओमप्रकाश मण्डलविरुद्ध फागुन २९ गते उजुरी दर्ता गरेको छ ।

उच्च अदालत जनकपुर राजविराज इजलाशले फागुन ४ गते परमादेश गरेपछि बलात्कारको उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
घरमा सुतिरहेका बेला २०७५ भदौ २८ गते राति घर भित्र प्रवेश गरी बलात्कार गरेको पीडितले बताउनु भयो । पीडितले आरोपित विरुद्ध भदौ २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो ।
उजुरी दर्ता भएको जनाकारी दिनुहुँदै जिल्ला प्रहरी कार्यालय सप्तरीका इन्स्पेक्टर बाबुराम कार्कीले आरोपितको खोजी भईरहेको बताउनु भयो ।
पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भदौ २९ गते नै स्वास्थ्य परिक्षण भएको थियो ।