११ वर्षीया बालिकालाई बलात्कार गरेर फरार रहेका आरोपित गुजरा नपा—२ का ३६ वर्षीय रमौली जेठा भनिने सागर रमौलीलाई ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरले फागुन २५ गते गिरफ्तार गरेको छ ।
असोज २२ गते आफ्नो भाई खोज्दै जाने क्रममा आरोपित रमौलीले आफ्नो घरमा लगी बलात्कार गरेको आरोपमा पीडित बालिकाकी आमाले ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरमा ०७६ असोज २३ गते उजुरी दर्ता गराउनु भएको थियो । सोही दिन पीडित बालिकाको स्वास्थ्य परीक्षण चन्द्रनिगाहपुर अस्पतालमा भयो ।
बलात्कार घटनापछि फरार रहेका आरोपित रमौलीलाई माहानगरीय प्रहरी कार्यालय भक्तपुरको सहयोगमा फागुन २५ गते बेलुका ४ः०० बजे बाटोमा हिँडिरहेको अवस्थामा गिरफ्तार गरी अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरका डिएसपी हेमबहादुर शाहीले बताउनु भयो ।