१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा निजगढ नपा–१० का ७३ वर्षीय सिताराम पौडेल विरुद्ध पीडितका बुवाले ईलाका प्रहरी कार्यालय निजगढमा फागुन २६ गते उजुरी दिनु भएको छ ।
बलात्कार घटनाका आरोपित पौडेललाई स्थानीयले नियन्त्रणमा लिएर फागुन २५ गते राति जम्मा लगाएको ईलाका प्रहरी कार्यालय निजगढका इन्स्पेक्टर विकाश थपलियाले बताउनु भयो ।
मकैबारीमा घाँस काटिरहेकी बालिकालाई फागुन २१ गते एक्लै देखेर मुख थुनी बलात्कार गरेको पीडित बालिकाकी आमाको आरोप छ । पीडित बालिका र आरोपित पौडेलको स्वास्थ्य परीक्षण चन्द्रपुर अस्पताल रौतहटमा फागुन २५ गते गराइएको पीडित बालिकाकी आमाले बताउनु भयो ।
बालिकालाई आरोपित पौडेलले फागुन १४ गते र फागुन १८ गते बलात्कार गरेपनि डर त्रासले बालिकाले कसैलाई नभनि सहेर बसेकोमा फागुन २१ गते बलात्कार गर्दा गुप्ताङ् दुखेर बालिकालाई असहज भएको र आमालाई असहज भएको भनेपछि घटना बाहिर आएको इन्स्पेक्टर थपलियाले बताउनु भयो ।
आरोपित पौडेलले गाउँमा पञ्चायती गरेर घटना मिलाउने प्रयास गरेपनि पीडित परिवार गाउँलेको सहयोगमा प्रहरीमा आएको इन्स्पेक्टर थपलियाले बताउनु भयो ।