३३ वर्षीया पुष्पा राईको हत्या गरेको आरोपमा महानगरीय प्रहरी वृत्त कीर्तिपुर प्रहरीले पौवापोखरी गाउँपालिका–३, खोटाङ घरभई दक्षिणकाली नगरपालिका–२ मा बस्ने पति ३५ वर्षीय नवीन राईलाई गिरफ्तार गरेको छ ।
आरोपितलाई प्रहरीले फागुन २७ गते दक्षिणकालीबाट गिरफ्तार गरेको प्रहरी वृत्त कीर्तिपुरका डिएसपी छेदीलाल कामतीले जानकारी दिनुभयो । प्रहरीका अनुसार आरोपितले फागुन २६ गते पत्नीको हत्या गरेर घर नजिकैको झाडीमा फालेका थिए ।
दक्षिणकालीमा बङ्गुरको खोरमा काम गर्न बसेका उनीहरूबीच यसअघि पनि पटक पटक झगडा हुने गरेको पाईएको प्रहरीको भनाई छ । आरोपितलाई २८ गते काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
शव पोष्टमार्टम शिक्षण अस्पताल महाराजगञ्जमा फागनु ३० गते भएको प्रहरीले जनाएको छ ।