INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रहरीको सकृयतामा बालविवाह रोकियो

भगवानपुर गाउँपालिका बस्ने १३ वर्षीया बालिकाको पतारी गाउँपालिकाका २१ वर्षीय युवकसँग हुन लागेको विवाह ईलाका प्रहरी कार्यालय लहानको सकृयतामा फागुन २५ गते रोकिएको छ ।

प्रहरीले बालविवाहको लागि लक्ष्मीपुरबाट जन्ती आई रहेको सूचना स्थानीय अधिकारकर्मीहरूले दिनु भएको आधारमा विवाह रोकाएको ईलाका प्रहरी कार्यालय लहानका डिएसपी शरतकुमार थापा क्षेत्रीले बताउनु भयो ।

अभिभावकलाई बालविवाह कानुनी रुपमा अपराध भएको र बालविवाह गराए कानुनी कारबाही हुने बताएपछि बालविवाह नगर्ने नगराउने विषयमा स्थानीय जनप्रतिनिधिहरू सहित सहमत भएको डिएसपी थापाले बताउनु भयो ।

अन्य

भिडियो