१२ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा वारपाक सुलिकोट गाउँपालिका–५ जफतीगाउँका ७७ वर्षीय देवी बहादुर भट्टलाई जिल्ला प्रहरी कार्यालय गोरखाले फागुन २८ गते गिरफ्तार गरेको छ ।
विद्यालयबाट घर फर्कदै गरेकी बालिकालाई फागुन १८ गते बलात्कार प्रयास गरेको भन्दै पीडितका आफन्तले फागुन २७ गते जिल्ला प्रहरी कार्यालय गोरखामा उजुरी दिएका थिए ।
बालिकाले परिवारलार्ई घटनाको बारेमा बताउँन ढिला गरेकोले उजुरी ढिला प्राप्त भएको प्रहरीले जनाएको छ ।
गिरफ्तार गरिएका भट्टलाई जबरजस्ती करणी उद्योग शिर्षक अन्तरगत मुद्दा दर्ता गरि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका इन्स्पेक्टर प्रकाश भुसालले बताउनुभयो ।
उहाँले पीडित बालिकाको स्वास्थ्य परीक्षण गोरखा अस्पतालमा फागुन २८ गते गरिएको बताउनुभएको छ ।