सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ११ वर्षीय बालकलाई फागुन २८ गते गिरफ्तार गरेको छ ।
पीडितलाई फागुन २७ गते आरोपितले यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले फागुन २७ गते वडा प्रहरी कार्यालय चन्द्रौटामा उजुरी दिनु भएको थियो ।
आरोपित नाबालक भएकोले अभिभावकको जिम्मामा लगाइएर अनुसन्धान भइरहेको डिएसपी सुनिल मल्लले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण फागुन २७ गते शिवराज अस्पतालमा गरिएको प्रहरीले जनायो ।