१६ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सम्मरीमाई गाउँपालिका–६ रुदलापुरका २२ वर्षीय अनिल यादवलाई फागुन २८ गते रुदलापुरबाट गिरफ्तार गरेको छ ।
खेतमा घाँस काट्दै गरेको अवस्थामा पीडितलाई फागुन २७ गते आरोपितले बलात्कार प्रयास गरेको भन्दै पीडितपक्षले फागुन २८ गते इलाका प्रहरी कार्यालय मर्चवारमा उजुरी दिनु भएको थियो ।
उजुरीका आधारमा कारवाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी खडकबहादुर खत्रीले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण फागुन २८ गते भीम अस्पताल, भैरहवामा गरिएको प्रहरीले जनायो ।