INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार घटनाका आरोपित विरूद्व प्रहरीमा उजुरी

२६ वर्षीया महिलालाई ०७६ भदौ २० गते बलात्कार गरेको आरोपमा कञ्चनपुर जिल्ला, कृष्णपुर नगरपालिका — ६ का २५ वर्षीय नरेश परियार विरुद्ध पीडित परिवारले जिल्ला प्रहरी कार्यालय ,कैलालीमा फागुन २८ गते उजुरी दिनु भएको छ ।

आरोपित फरार रहेकाले जिल्ला प्रहरी कार्यालय,कञ्चनपुरसँग समन्वय गरी खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका इन्स्पेक्टर प्रकाशसिंह कार्कीले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण सेती प्रादेशिक अस्पताल धनगढीमा फागुन २८ गते गरिएको इन्स्पेक्टर कार्कीले बताउनु भयो ।

 

अन्य

भिडियो