आफूखुसी बाल विवाह गरेको आरोपमा बाल विवाह गर्ने विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०७६ फागुन २७ गते उजुरी दर्ता भएको छ ।
नीलकण्ठ नगरपालिका–६ का १६ वर्षीय बालिका र १७ वर्षीय बालकबीच विवाह भएको भन्दै स्थानीय महिला अधिकारकर्मी सुमित्रा भण्डारीले बालक विरुद्ध जिल्ला प्रहरी कार्यालय धादिङमा उजुरी दर्ता गराउनु भएको हो ।
उनिहरूले फागुन २ गते भागेर विवाह गरेका थिए । दुबै जना बालक भएका कारण बाल विवाह सम्बन्धी मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालयका एसपी रुपक खड्काले जानकारी दिनुभयो ।
लुम्बिनी प्रदेशमा १० वटा मानव अधिकारमैत्री कानुन निर्माण
लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना भएदेखि हालसम्म मानव अधिकार संरक्षण,