INSEC Online

📅 २०८३ जेष्ठ २१

 समाचार संकलनको क्रममा पत्रकारमाथि कुटपिट

समाचार संकलनको लागि हुप्सेकोट गाउँपालिकाको कार्यालय गएका स्टार टेलिभिजनका पत्रकार कावासोती नपा–३ का २७ वर्षीय अर्जुन सापकोटा माथि फागुन २७ गते कुटपिट भएको छ ।

गाउँपालिकामा उपाध्यक्ष स्वतन्त्र कोपिला मल्लले आयोजना गरेको पत्रकार सम्मेलनमा समाचार संकलनको लागि गएका सापकोटा माथि गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डेको छोरा एवम् स्वकीय सचिव हुप्सेकोट गाउँपालिका–३ का २३ वर्षीय रसिक लामिछाने र सोही स्थान बस्ने ३० वर्षीय ढुंगानाले कुटपिट तथा मोबाइल नियन्त्रणमा लिएर सम्पूर्ण सामग्री नष्ट गरेको अर्जुन सापकोटाले बताउनुभयो ।

गाउँपालिकाका उपाध्यक्ष मल्लले पत्रकार सम्मेलन गरिरहेको समयमा बाहिर होहल्ला भएपछि सो दृश्य कैद गरिरहेको समयमा आफुमाथि कुटपिट र मोबाइलको सामग्री नष्ट गरिएको भन्दै सापकोटाले फागुन २७ गते नै जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा उजुरी दिनुभएको छ ।

सापकोटाबाट कार्यालयमा उजुरी प्राप्त भएको र सो सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपी दिपक रेग्मीले बताउनुभयो ।

गाउँपालिकाको प्रमुख गाउँपालिका अध्यक्ष भएको भन्दै उपाध्यक्षले बोलाएको पत्रकार सम्मेलनमा किन आएको भन्दै उपस्थित अन्य पत्रकारहरुलाई समेत दुर्व्यवहार गरिएको नमुना सन्देश साप्ताहिक पत्रिकाका प्रकाशक भविश्वर पाण्डेले बताउनुभयो ।

अन्य

भिडियो