विराटनगर महानगरपालिका–१२ की ७० वर्षीया सवुत्री ऋषिदेवको हत्या गरेको आरोपमा प्रहरीले ७२ वर्षीय पति परण ऋषिदेवलाई फागुन २६ गते गिरफ्तार गरेको छ ।
आरोपितले बिरामी पत्नीलाई फागुन २६ गते चिर्पट प्रहार गर्दा पीडितको मृत्यु भएको वडा प्रहरी कार्यालय विराटनगरका डिएसपी वेदप्रसाद गौतमले बताउनुभयो ।
शवको पोष्टमार्टम फागुन २७ गते कोशी अस्पतालमा गरिने डिएसपी गौतमले बताउनुभयो ।