कमलामाई नगरपालिका सिन्धुलीले ११० औं अन्तर्राष्ट्रिय महिला दिवसकाको सन्दर्भमा सिन्धुलीमाढीमा रहेको ग्वाङखोलाको किनारमा गिट्टी कुटेर जीविका धान्ने महिलालाई सम्मान गरेको छ ।
कमलामाई नगरपालिकाका प्रमुख खड्ग बहादुर खत्रीले गिट्टी कुटिरहेकै ठाउँमा पुगेर श्रमिक महिलाहरूलाई सम्मान गरेका हुन । नगर प्रमुखले दोसल्ला ओढाएर प्रतिव्यक्ति एकहजार नगद सहित सम्मान गर्नुभएको थियो ।

महिलाहरूलाई श्रमिक महिला दिवसका बारेमा जानकारी दिदैं एकदिन विदामा बस्न र गिट्टी नकुट्न आग्रह समेत गर्नुभयो । श्रमिक महिलाहरूले विदा र सम्मान पाएपछि खुशी समेत व्यक्त गरेका थिए ।
उहाँले युवा उमेरदेखि ६५ वर्ष नाघेका ६३ जना महिलाहरूलाई सम्मान गर्नुभएको हो । महिलाहरूलाई गिट्टी कुटिरहेकै ठाउँमा पुगि उनीहरूको पारिवारीक, आर्थिक अवस्थाका साथै नगरपालिकाले गर्न थालेको मजदुरहरूको स्वास्थ्य बिमाका बारेमा समेत जानकारी हाँसिल गरेको नगरपालिका सामाजिक शाखा प्रमुख सागरकुमार ढकालले बताउनु भयो ।