INSEC Online

📅 २०८३ जेष्ठ २१

अपहरण प्रयास घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई अपहरण गर्न खोजेको आरोपमा प्रहरीले इटहरी उपमहानगरपालिका–५ का २२ वर्षीय समीर बस्नेतलाई फागुन २४ गते गिरफ्तार गरेको छ ।

आरोपितले ०७६ माघ २० गते बालिका अध्ययनरत विद्यालयमा गएर “तिमिलाई बाबाले लिन पठाउनु हो,नपत्याए फोनमा बोल भन्दै नक्कली बाबु बनाएर बोल्न लगाई” अपहरणको प्रयास गरेका थिए ।

बालिकाले बाबुको स्वर होइन भनी इन्कार गरेपछि बस्नेत त्यहाँबाट फर्किएर फरार भएका थिए ।

आरोपित विरूद्ध पीडित पक्षले माघ २१ गते इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दिएका थिए ।

घटना लगत्तै फरार भएका आरोपितलाई प्रहरीले फागुन २४ गते महाराजगञ्जबाट गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी धर्मराज भण्डारीले बताउनुभयो ।

आरोपितमाथि अपहरण र दुव्र्यवहार शीर्षकमा अनुसन्धान थालिएको डिएसपी भण्डारीले बताउनुभयो ।

 

 

अन्य

भिडियो