INSEC Online

📅 २०८३ जेष्ठ २१

जातीय विभेद घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

सान्नीत्रिवेणी गाउँपालिका–६ घरभई सोही वडाका अध्यक्ष ४५ वर्षीय रंगराज सार्कीलाई सोही ठाउँ घरभई वडा कार्यालयमा कार्यरत कार्यालय सहायक ३९ वर्षीय रामप्रसाद संज्यालले जातीय विभेद गरेको भन्दै वडाअध्यक्ष पीडितले फागुन २५ गते जिल्ला प्रहरी कार्यालय, कालिकोटमा उजुरी दिनु भएको छ ।

संज्यालले फागुन २१ गते वडा कार्यलयमा रंगराजलाई डुम, कमारा भन्दै गाली गरेको पीडितले आरोप लगाउनु भएको छ ।

कार्यालय समयमा वडा कार्यालयमा डुम कमरा त बस्ने यो कुर्ची होइन भन्दै गाली गर्दै जातीय विभेद गरेको पीडितले बताउनु भयो ।

मान्ममा फागुन २४ गते पत्रकार सम्मेलन गर्दै वडा अध्यक्ष सार्कीले वडा सहायक संज्यालले कार्यालयमा मदिरा सेवन गरेर आउने र कार्यालयको काममा बाधा पु¥याउने गरेकाले सोही विषयमा विवाद हुँदा आफूलाई जातीय अपमान र भेदभाव गरेको अध्यक्ष सार्कीले बताउनु भयो ।

यस अघि पनि फागुन ७ गते वडा सहायक संज्यालले आफू सुर्खेत हुँदा फोन गरी गु खाने डुम कमारा जस्ता अपशब्द प्रयोग गरी गाली गलोज गरेको वडा अध्यक्ष सार्कीले बताउनु भयो ।

जातीय विभेद घटनाको जाहेरी आएकाले आरापितलाई पक्राउ गरी अनुसन्धान गर्ने कालिकोटका प्रहरी प्रमुख डिएसपी श्यामवावु ओलियाले बताउनु भयो ।
आरोपित सञ्ज्यालले आफूले जातीय विभेद नगरेको प्रतिक्रिया दिनु भएको छ ।

नेपालको संविधान २०७२ को भाग ३, धारा २४ मा छुवाछुत तथा भेदभाव विरुद्धको मौलिक हकमा जातीय भेदभाव विरुद्ध दण्डनीय व्यवस्था गरेको छ ।
जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन २०६८ को दफा ७ मा कसुर र विभेदको अवस्था हेरेर तीन महिनादेखि तीन वर्षसम्म कैद, एक हजारदेखि २५ हजार रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको छ ।
20200308_ Kalikot 4 (1) 5

अन्य

भिडियो