बागमती प्रदेश सरकारले पहिलो वर्ष परीक्षणको रुपमा पाँचओटा जिल्ला अस्पतालबाट सुरु गरेको मुख्यमन्त्री जनता स्वास्थ परीक्षण कार्यक्रम यो आर्थिक वर्षबाट प्रदेशको १५ ओटा अस्पतालमा विस्तार गरिएको छ ।
बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले फागुन २३ गते हेटौंडा अस्पतालमा मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रमको सुरुवात गर्नुभएको हो । अघिल्लो वर्ष ज्येष्ठ नागरिक, अशक्त, गरिब व्यक्तिहरूलाई मात्र लक्षित गरिएको कार्यक्रमको दायरा फराकिलो बनाएर पुन: कार्यक्रम सुरु गरिएको मन्त्री दुलालले बताउनु भयो ।

प्रदेशका ३० देखि ६० वर्ष उमेर समुहका नागरिकलाई नसर्ने रोगको सजिलै परीक्षण गर्न र समयमै उपचार गर्नका लागि सहज होस् भन्ने उदेश्यले यो कार्यक्रम सुरु गरिएको मन्त्री दुलालले बताउनु भयो । प्रदेशका कुनैपनि व्यक्तिलाई नसर्ने रोगका बारेमा होलवडी चेकअप गरेर समयमै जानकारी होस भन्ने उदेश्य राखिएको उहाँले बताउनु भयो ।
प्रदेशको हेटौँडा अस्पताल सहित १५ अस्पतालबाट लक्षित वर्गका नागरिकलाई स्थानीय तहको सिफारिसमा निःशुल्क परीक्षण गर्ने र अरुलाई होलबडी चेकअप गर्नका लागि १ हजार ६ सय रुपैयाँमा चेकअप गर्न सकिने व्यवस्था गरिएको छ । ज्येष्ठ जागरिक, अशक्त, गरिब व्यक्तिहरूलाई सम्बन्धित पालिकाको सिफारिसमा निःशुल्क परीक्षण हुने बताइएको छ ।
हेटौँडा अस्पतालका अध्यक्ष प्रकाश पौडेल, मेडिकल सुपरिटेण्डेन्ट डा. प्रविण श्रेष्ठले यो कार्यक्रमबाट गरिब तथा विपन्न वर्गका जनताले लाभ प्राप्त गर्ने विश्वास लिएको बताउनु भयो । कार्यक्रम लागु भएपछि अस्पतालले विभिन्न पाँच प्रकारको स्वाथ्य परीक्षण निःशुल्क गरिनेछ भने सशुल्क पाउने उपचारमा पनि छुट पाउने हेटौँडा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेलले बताउनु भयो ।
फागुन २२ गतेबाट सुरु भएको स्वास्थ्य परीक्षण कार्यक्रम ०७७ असार २० गतेसम्म सञ्चालन हुनेछ ।