INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिफ्तार

१६ वर्षीया बालिकालाई ०७६ फागुन ५ गते बलात्कार गरेको आरोपमा चुरेगाउँपालिका —६ मदनपुर निवासी गोदावरी नगरपालिका—२ मा डेरा गरी बस्ने २४ वर्षीय नरेशनाथ योगीलाई प्रहरीले फागुन २१ गते गिरफ्तार गरेको छ ।

पीडित बालिका विद्यालय जादै गरेको अवस्थामा आरोपितले आफ्नो कोठामा बोलाई बलात्कार गरेको  भन्दै पीडित परिवारले जिल्ला प्रहरी कार्यालय,कैलालीमा फागुन २१ गते उजुरी दिएपछि आरोपितलाई गिरफ्तरा गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय,कैलालीका सइ मोहनबहादुर सिंहले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण सेती प्रादेशिक अस्पताल,धनगढीमा फागुन २१ गते गरिएको प्रहरीले जनायो ।

 

अन्य

भिडियो