२१ वर्षीया सुस्त मनस्थिति भएकी युवतीलाई फागुन २१ गते बलात्कार गरेको आरोपमा बर्दगोरिया गाउँपालिका—२ का २९ वर्षीय दिलबहादुर चौधरीलाई प्रहरीले फागुन २२ गते गिरफ्तार गरेको छ ।
पीडित युवतीलाई बलात्कार गरेको भन्दै पीडित परिवारले फागुन २२ गते प्रहरीमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय,सुखड्का इन्स्पेक्टर हरीशरण भट्टले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण फागुन २२ गते सेती प्रादेशिक अस्पताल,धनगढीमा गरिएको इन्स्पेक्टर भट्टले बताउनु भयो ।