INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी

३३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा तुलसीपुर उपमनपा–१२ का ४० वर्षीय हरीप्रसाद पाण्डे विरूद्ध पीडित पक्षले फागुन २१ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दर्ता गराएका छन् ।

पीडितलाई आरोपितले  ०७६ वैशाख १६ गतेदेखि पटक पटक बलात्कार गर्दै आएको भन्दै पीडित पक्षको उजुरी परेको डिएसपी  चक्रडम्मर पालले बताउनु भयो । डिएसपी पालले आरोपित फरार रहेकोले खोजी कार्य भइरहेको बताउनु भयो ।

पीडितको  स्वास्थ्य परीक्षण फागुन २१ गते राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा गरिएको प्रहरीले जनायो ।

अन्य

भिडियो