२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बर्दघाट नपा– १६ धरमबस्ती का २९ वर्षीय सुशील राईलाई फागुन २० गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले फागुन २० गते बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको डिएसपी बिरेन्द्र थापाले बताउनु भयो । डिएसपी थापाले घटनको अनुसन्धान भइरहेको बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण फागुन २० गते पृथ्वी चन्द्र जिल्ला अस्पतालमा गरिएको प्रहरीले जनायो ।