INSEC Online

📅 २०८३ जेष्ठ २१

बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिका बलात्कार घटनाका आरोपित १६ वर्षीय एक बालकलाई प्रहरीले फागुन २० गते राति गिरफ्तार गरेको छ ।

कक्षा १० मा अध्ययनरत बालिकालाई ०७६ माघ १२ गते बिहान एसइईको ट्युसन पढ्न जादै गर्दा आरोपितले बलात्कार गरेको पीडितले दिएको उजुरीमा उल्लेख रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका इन्स्पेक्टर लक्ष्मण वलीले जानकारी दिनुभयो ।

घटनाका सम्बन्धमा कसैलाई जानकारी दिए आरोपितले मार्ने धम्की दिएको पीडितको उजुरीमा उल्लेख रहेको इन्सपेक्टर वलीले बताउनुभयो ।

घटना भएको करिब डेढ महिनापछि पीडितले अभिभावकलाई बताएपछि पीडित परिवारले प्रहरीलाई खबर गरेका थिए ।

पीडित पक्षले फागुन २० गते दिएको उजुरी अनुसार जिल्ला प्रहरी कार्यालय सल्यानले आरोपितलाई उनको घर नजिकबाट गिरफ्तार गरी अनुसन्धान गरिरहेको इन्सपेक्टर वलीले जानकारी दिनु भयो । बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सल्यानमा फागुन २० गते भयो ।

आरोपितलाई गिरफ्तार गरी फागुन २१ गते जिल्ला अदालत सल्यानबाट पाँच दिनको म्याद थप गरी जिल्ला प्रहरी कार्यालयको निगरानी कक्षमा राखी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

 

अन्य

भिडियो