२५ वर्षीया महिलालई माघ २१ गते बलात्कारको प्रयास गरेको आरोपमा अछाम जिल्ला पञ्चदेवल नगरपालिका—७ पुल्लेतोला निवासी धनगढी उपमहानगरपालिका—१ शिवनगरमा डेरा गरी बस्दै आएका सुदूरपश्चिम प्रदेश सभा सदस्यमा अछाम क्षेत्र नम्बर – २ ‘ख ’ बाट निर्वाचित ४३ वर्षीय अक्कलबहादुर रावललाई प्रहरीले फागुन २१ गते गिरफ्तार गरेको छ ।
आफूमाथि बलात्कारको प्रयास गरेको भन्दै पीडित महिलाले जिल्ला प्रहरी कार्यालय,कैलालीमा फागुन १४ गते उजुरी दिएकी थिइन् ।
पीडितले दिएको उजुरीको आधारमा फागुन १५ गते प्रहरीले पक्राउ पुर्जी जारी गरेकोमा आरोपित रावल फागुन २१ गते आफै जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएको जिल्ला प्रहरी कार्यालय,कैलालीका डिएसपी दक्षकुमार बस्नेतले बताउनु भयो ।
आरोपित रावललाई जिल्ला प्रहरी कार्यालय,कैलालीको हिरासतमाराखि अनुसन्धान भइरहेको र थप अनुसन्धानका लागि फागुन २२ गते जिल्ला अदालतमा म्याद थप गरिने डीएसपी बस्नेतले बताउनु भयो ।
पीडितको स्वास्थ्य परिक्षण फागुन १४ गते सेती प्रादेशिक अस्पताल,धनगढीमा गरिएको प्रहरीले जनायो ।