INSEC Online

📅 २०८३ जेष्ठ २१

स्वास्थ्य चौकी नहुँदा स्थानीयहरू स्वास्थ्य सेवाको पहुँचबाट वञ्चित

नेपालको संविधान २०७२ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभुत  स्वास्थ्य सेवा  निःशुल्क  प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि  आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भनी  उल्लेख गरिएको भएपनि  पुर्बिचौकी गाउँपालिका –७ गजडाबगडा टिमुरदहका स्थानीयहरू लामो समयदेखि स्वास्थ्य सेवाको पहुँचबाट वञ्चित हुदै आएका छन्  ।

स्वास्थ्य चौकी गाउँमा नहुँदा र नजिकैको स्वास्थ्य चौकीमा  जानको लागि समेत यातायातको सुबिधा  नभएका कारण  दुई घण्टाको उकालो बाटोमा बिरामीलाई स्टेचरमा बोकेर मात्रै  स्वास्थ्य सेवा लिनु पर्ने बाध्यता रहेको पुर्बिचौकी गाउँपालीका –७ गजडाकी  ६० वर्षीया तुलिदेबि साउँदले दुखेसो पोख्नु भयो ।

उहाँले भन्नु भयो – ‘समुदाय तथा गाउँटोलमा कोही बिरामी भएपछि  दुई घण्टाको उकालो बाटोमा स्टेचरमा बोकेर पोखरी स्वास्थ्य चौकी पुगाउने गरेका छौँ । सागुुरो बाटोको कारण बिरामीलाई स्टेचरमा बोकेर लैजान समेत समस्य हुने गरेको छ ।’

पुर्बिचौकी गाउँपालिका –७ बगडाखी की  २८ वर्षीया सिता साउँदले गर्भवति महिलाहरूले नियमित चेकजाँच गर्नका लागि  दुई घण्टाको उकालो बाटो  हिडेर  स्वास्थ्य चौकी पुग्नु पर्ने बाध्यता रहेको दुखेसो पोख्नु भयो ।

पुर्बिचौकी गाउँपालिका –७ गजडाका मिन साउँदले  वडामा स्वास्य चौकी नहुँदा  नजिकको स्वास्थ्य चौकीमा पुग्नको लागि  यातायात तथा राम्रो बाटो नभएका कारण बिरामीलाई समयमै स्वास्थ्य चौकी पुगाउन नसक्दा बाटोमा नै  कतिपय बिरामीले अकालमै ज्यान गुमाउनु परेको  बताउनु भयो ।

गजडा बगडा र टिमुरदहका बासिन्दालाई पाइक पर्ने ठाउँमा सामुदायिक स्वास्थ्य इकाइ स्थापनाका लागि कसैले पनि पहल नगरेको स्थानीयहरूको आरोप छ ।

गजडाबगडा र टिमुरदहका गाउँमा पुग्नका लागि यातायातको सुबिधा नभएका कारण यस क्षेत्रका अपाङ्ग, अशक्त  वृद्ध र गर्भवति महिलालाई नजिकको स्वास्थ्य चौकीमा पुग्नको लागि समस्या हुने गरेको  पोखरी स्वास्थ्य चौकीका इन्चार्ज एकेन्द्र खड्काले बताउनु भयो ।

पुर्बिचौकी गाउँपालिका –७ का वडा अध्यक्ष  प्रकास साउँदले गजडाबगडा र टिमुरदहका   स्थानीयहरूको स्वास्थ्य समस्यालाई ध्यानमाराखि सामुदायिक स्वास्थ्य इकाइको स्थापनाको माग गाउँपालिकासँग गरिएको बताउनु भयो ।

पुर्बिचौकी गाउँपालिकाका उपाध्यक्ष निर्मला साउँदले गाउँकार्यपालीकाको बैठकमा सामुदायिक स्वास्थ्य इकाइ स्थापना गर्नको लागि  आफूले प्रस्ताव  लैजाने र  त्यहाँका स्थानीयको स्वास्थ्य सेवालाई ध्यानमाराखि सामुदायिक स्वास्थ्य इकाइ खोल्न आफु प्रतिवद्व रहेको बताउनु भयो  ।

photo20200305doti (1) photo20200305doti (2)

 

अन्य

भिडियो