INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रतिवन्धित नेकपा भातृ सङ्गठन शिक्षक सङ्घका केन्द्रीय उपाध्यक्ष गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिवन्धित नेकपा भातृ सङ्गठन अखिल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय उपाध्यक्ष मिथिला विहारी नपा–३ बस्ने ५० वर्षीय गौरीनारायण मण्डललाई प्रहरीले फागुन १८ गते गिरफ्तार गरेको छ ।

क्षिरेश्वरनाथ नपा–५ स्थित राजेश साहको घरमा मङ्सिर २७ गते राती १२ः३० बजे प्रहरी इन्स्पेक्टर लगायत तीन जनाको हत्या हुने गरि बम विस्फोट गराएको घटनामा संलग्न आरोपित गौरीलाई गणेशमान चारनाथ नपा–५ सखुवनी खोलाबाट गिरफ्तार गरिएको हो ।

गिरफ्तार परेका गौरीलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखेर अनुसन्धान भइरहेको प्रहरी इन्स्पेक्टर अवधेश कुमार यादवले जानकारी दिनु भएको छ ।

अन्य

भिडियो