INSEC Online

📅 २०८३ जेष्ठ २१

अज्ञात पक्षद्वारा वडा कार्यालयमा तोडफोड

अज्ञात पक्षद्वारा  माथागढी गाउँपालिका१ चिदीपानी र रम्भा गाउँपालिका४ हुमिनको वडा कार्यालयमा फागुन १८ गते राति तोडफोड गरेको प्रहरीले जनाएको छ ।

चिदीपानीका वडाअध्यक्ष शिव प्रसाद घिमिरेले तोडफोडबाट कार्यालयमा रहेका दराज, टेबुल र  स्वकेशमा क्षति पुगेको र  कागज पत्रहरू समेत लिएर गएको बताउनु भयो ।  उहाँले २५ हजार बराबरको क्षति भएको जानकारी बताउनु भयो ।

हुमिनका वडा सचिव मिलन काफ्लेले तोडफोडबाट झण्डै ४० हजार रूपियाँ क्षति भएको बताउनु भयो ।

उक्त दुबै घटना एउटै प्रकृतिको रहेको र एउटै समूहको सङ्लग्नता रहेको प्रहरीले जानएको छ । घटनाबारे अनुसन्धान भइरहेको आर्यभञ्याङ प्रहरी चौकीका असई तारा प्रसाद खनालले बताउनु भयो ।

                                                                                    

अन्य

भिडियो