२६ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले फागुन १८ गते माण्डवी गाउँपालिका –२ का २९ वर्षीय नेत्रबहादुर सिरीसलाई ३ वर्ष ६ महिना कैदको फैसला गरेको छ ।
जिल्ला न्यायाधीश विष्णुप्रसाद गौतमको इजलासले कैदसँगै १० हजार रूपियाँ क्षतिपुर्तिको फैसला गरेको अदालतका सुचना अधिकारी दामोदर गौतमले बताउनु भयो ।
पीडितलाई आरापितले ०७६ असोज २ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले असोज ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । प्रहरीले आरोपितलाई असोज ३ गते घरबाट गिरफ्तार गरेको थियो ।
पीडितको स्वास्थ्य परीक्षण असोज ३ गते जिल्ला अस्पताल, बिजुवारमा गरिएको थियो ।