INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई फागुन १७ गते साँझ बलात्कार गरेको आरोपमा प्रहरीले १४ वर्षीय एक बालकलाई फागुन १८ गते गिरफ्तार गरेको छ ।

पीडितकीे आमाले ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा फागुन १८ गते उजुरी दर्ता गराएपछि आरोपित बालकलाई घरबाट गिरफ्तार गरिएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी हेमबहादुर शाहीले बताउनु भएको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन १८ गते चन्द्रनिगाहपुर अस्पतालमा भएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो