गोलबजार नगरपालिकाकी १७ वर्षीया बालिकाको विवाहका लागि धनुषाको मिथिला नगरपालिकाबाट जन्ती आउन लागेको सुचनाको आधारमा फागुन १६ गते ईलाका प्रहरी कार्यालय मिर्चैयाको सक्रियतामा बालविवाह रोकिएको छ ।
स्थानीय अधिकारकर्मीहरूको विशेष सुचनाको आधारमा प्रहरीले बालविवाह रोकाएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सन्तुलाल प्रसाद जैसवारले बताउनु भयो ।
उमेर नपुगेको बालिकाको विवाह नगर्न भन्दै अभिभावलाई बालविवाह कानुनी रुपमा अपराध भएको र बालविवाह गराए कानुनी कारबाही हुने बताएपछि बालविवाह नगर्ने नगराउने विषयमा स्थानीय जनप्रतिनिधिहरू सहित सहमत भएको डिएसपी जैसवारले बताउनु भयो ।