छायाँनाथ रारा नपा–१ स्थित श्री महाकाली नमुना माध्यमिक विद्यालयमा अपाङ्गता भएका विद्यार्थी बस्ने छात्राबासमा कार्यरत सहयोगीको कुटपिटबाट अपाङ्गता भएका १३ वर्षीय बालकको मृत्यु भएको पीडित पक्षले आरोप लगाएका छन् ।
कक्षा ६ मा अध्ययनरत १३ वर्षीय दिलिप भामलाई सोही छात्राबासमा कार्यरत सहयोगी छायाँनाथ रारा नपा–१० का ३६ वर्षीय अर्जुन सेजुवालको कुटपिटबाट मृत्यु भएको पीडित पक्षले आरोप लगाएको हो ।
जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर भिमदत्त जोशीका अनुसार सेजुवालले फाुगन १५ गते कुटपिट गरेको पंहरीमा जानकारी अाएकाे बताउनु भयाे ।
कुटपिटबाट िबरामी भएका भामको उपचार जिल्ला अस्पतालमा भई छात्रबासमै बसेर औषधि खान डाक्टरले सल्लाह दिएको भएपनि फाुगन १७ गते बिहान भामको छात्रबासमा मृत्यु भएको थियो ।
आफनो छोरा छात्रबासका सहयोगी सेजुवालको कुटपिटबाटै मृत्यु भएको भन्दै मृतकका बाबुले फागुन १७ गते जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएको इन्स्पेक्टर जोशीले बताउनु भयो ।
कुटपिटबाट भामको बाहिरी शरीरमा चोटपटक देखिएको छैन । शरीरको भित्री भागमा चोटपटक लागेको हुनसक्छ मृतकको के कारणले मृत्यु भएको भन्नेबारे पोष्टमार्टमको प्रतिवेदन र थप अनुसन्धानपछि भन्न सकिने प्रहरीले जनाएको छ ।
शवकाे पोष्टमार्टम फागुन १७ गते जिल्ला अस्पतालमा गरी घरपरिवारलाई बुझाइसकेको छ ।
मृतक भामका बाबुले छात्रबास सहयोगी अर्जुन सेजुवालको कुटपिटबाट मृत्यु भएको भनि दिएको उजुरीका आधारमा आरोपित सेजुवाललाई प्रहरीले फागुन १७ गते छात्राबासबाटै गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।