INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा १८ वर्ष कैद सजायको फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले मेचीनगर नगरपालिका–१० का २१ वर्षीय सुवास शाहलाई फागुन १६ गते सात वर्ष कैद सजायको फैसला सुनाएको छ ।

न्यायधीश सन्तोषप्रसाद पराजुलीको इजलासले कसुर ठहर गर्दै कैद सजायसँगै कसुरदारबाट ५० हजार रुपियाँ जरिबाना भराउन आदेश भएको छ ।

आरोपितले ०७६ भदौ ५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपित विरूद्ध भदौ ७ गते इलाका प्रहरी कार्यालय धुलावारीमा उजुरी दिएका थिए ।

प्रहरीले आरोपितलाई भदौ ७ गते गिरफ्तार गरी जिल्ला अदालतमा भदौ २५ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको थियो ।

अदालतको भदौ २६ गतेको आदेशमा आरोपित पुर्पक्षका लागि थुनामा रहेका थिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण मेची अस्पतालमा भदौ ७ गते गरिएको थियो ।

अन्य

भिडियो