INSEC Online

📅 २०८३ जेष्ठ २१

एसिड छ्याप्नेलाई आठ वर्ष कैद

हेटौँडा उपमहानगरपालिका–३ की २६ वर्षीया विन्दवासिनी कंसाकारलाई एसिड प्रहार गरेको ठहर गर्दै भारत महाराजगञ्ज अमरपुर्वन–६ का ३२ वर्षीय राज भनिने दिलिपराज केशरीलाई ०७६ फागुन १५ गते मकवानपुर जिल्ला अदालतले आठ वर्ष कैद फैसला गरेको छ ।

न्यायाधिश कमलराज विष्टको एकल इजलासले ज्यान मार्ने उद्योग अन्तरगत केशरीलाई आठ वर्ष कैद, १ लाख रुपैंया जरिवाना र पीडित पक्षलाई १ करोड १४ लाख ८५ हजार रुपैंया क्षतिपूर्ति भराउने आदेश गरेको अदालतका तहसिलदार तुल्सी लामिछानेले बताउनुभयो ।

केशरी विदेशी नागरिक भएकाले उक्त रकम पीडितलाई उपलब्ध गराउन सरकारले पहल गर्ने र निजबाट भराउन नसकेमा सरकारले पीडितलाई मनासिब माफिक अर्थात् उचित उपचार खर्च उपलब्ध गराउन पनि अदालतले आदेश जारी गरेको छ ।

यसैगरी मतियारको रुपमा रहेको सञ्जयकुमार मण्डललाई दुई वर्ष ६ महिना कैद र ४० हजार रुपैंया जरिवानाको फैलसा गरेको तहसिलदार लामिछानेले बताउनुभयो ।

०७६ कार्तिक १४ गते गिरफ्तार गरिएका केशरीलाई कार्तिक १५ गते जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक थियो । केशरीलाई गिरफ्तार गरेको १० दिनपछि मण्डललाई पनि गिरफ्तार गरिएको थियो । पीडितलाई विवाह प्रस्ताव अस्वीकार गरेको भन्दै आरोपितले ०७० वैशाख ९ गते  एसिड प्रहार गरेर घाइते बनाएपछि पीडित पक्षले ०७० वैशाख ९ गते नै जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दिएको थियो ।

अन्य

भिडियो