INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई ललाइफकाई माघ ५ गते देखि फागुन ८ गतेसम्म पटक–पटक बलात्कार गरेको आरोपमा प्रहरीले नगराइन नपा–७ देवडिहा बस्ने २५ वर्षीय दिलसाज नदाफलाई फागुन १३ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकाले जिल्ला प्रहरी कार्यालय धनुषामा फागुन १२ गते आफुलाई बलात्कार गरेको भन्दै आरोपित विरुद्ध उजुरी दिनु भएको थियो ।
आरोपित नदाफलाई गाउँमै लुकिछिपी बस्दै गरेको अवस्थामा गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रामेश्वर कार्कीले जानकारी दिनु भएको छ ।

पीडित बालिकाको फागुन १२ गते प्रादेशिक अस्पताल जनकपुरधाममा स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो