नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता सरुमारानी गाउँपालिका – २ का ५५ वर्षीय भेषराज खत्री, प्यूठान नपा– २ का ४० वर्षीया प्रेमा बस्नेत र ४३ वर्षीय रुद्र बस्नेतलाई प्रहरीले फागुन १२ गते घरबाट गिरफ्तार गरेको छ ।
गिरफ्तार गरिएका तीनै जना उक्त पार्टीका जिल्ला सदस्य रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी नरेन्द्रकुमार कार्कीले बताउनु भयो ।
उनीहरूको स्वास्थ्य परीक्षण फागुन १२ गते जिल्ला अस्पताल, बिजुवारमा गरिएको प्रहरीले जनायो ।