INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी

३६ वर्षीया सुस्तमनस्थिति भएकी महिलालाई फागुन १० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले सिरहा नपा–८ का २२ वर्षीय वीरेन्द्र दास तत्मा विरुद्ध जिल्ला प्रहरी कार्यालय सिरहामा फागुन ११ गते उजुरी दिएको छ ।

घटनाको मौखिक जानकारी फागुन १० गते नै आएकोले आरोपितलाई सोहि दिन गिरफ्तार गरी अनुसन्धानको लागि फागुन ११ गते म्याद थप गराएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी बिनोद घिमिरेले बताउनु भएको छ ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा फागुन १० गते भएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो