INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रतिबन्धित नेकपाको युवा सङ्गठन म्याग्दीका अध्यक्ष गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाको युवा सङ्गठन, म्याग्दीका अध्यक्ष मालिका गाउँपालिका–१ निस्कोटका २६ वर्षीय धनबहादुर पुनलाई जिल्ला प्रहरी कार्यालय, बागलुङले गिरफ्तार गरेको छ ।

पुनलाई फागुन ८ गते बागलुङ कालिका मन्दिर नजिकबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय, बागलुङका एसपी नवराज भट्टले जानकारी दिनुभयो ।

पुनले म्याग्दी र पर्वत संगै बागलुङका उद्योगी व्यवसायीलाई धम्की दिएर चन्दा असुली गर्ने, एनसेलका टावर, सडक मर्मतका लागि राखिएका सामाग्रीमा आगजनी गर्ने आरोप रहेको एसपी भट्टले बताउनुभयो ।

 

अन्य

भिडियो