संविधान संशोधनलगायतका माग राखेर २०७६ फागुन १ गतेदेखि कैलालीको धनगढीमा आमरण अनशनमा रहेका थारूवान राष्ट्रिय मोर्चाका नेता लक्ष्मण थारूको स्वास्थ्य अवस्था संवेदनशील हुदैं आएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण जनाएको छ ।
आयोगको सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीको टोलीले अनुगमन गरी थारूको स्वास्थ्य अवस्था सम्बन्धमा चासो व्यक्त गरेको छ । अनशनका कारण उनको रक्तचापमा अस्थिरता देखिएको, टाउको,ढाड दुख्ने तथा स्वास्थ्य अवस्था कमजोर हुँदै गएकोले धनगढीस्थित सेती प्रादेशिक अस्पतालको सघन कक्षमा उपचार भइरहेको अनुगमनको क्रममा बुझिएको आयोगले जनाएको छ ।
आयोगले अनशनमा रहेका थारूको स्वास्थ्य अवस्था सम्बन्धमा हालसम्म सम्बन्धित निकायबाट कुनै पहल नभएको अनुगमनबाट पाइएको विज्ञप्तिमा उल्लेख छ । थारुको स्वास्थ्य अवस्थाप्रति संवेदनशील भएको भन्दै सम्बन्धमा आवश्यक छलफल र संवाद गरेर निष्कर्षमा पुग्न तथा जीवन रक्षाको लागि आवश्यक पहल गर्न आयोगले नेपाल सरकारलाई आग्रह गरेको छ ।
आपसी विमतिका विषयहरूलाई वार्ता र संवादको माध्यमबाटै समाधान खोज्न तथा कुनै पनि समस्या समाधानको लागि आमरण अनशन जस्तो कठीन बाटो नरोज्न समेत आयोगले सम्बन्धित पक्षलाई आग्रह गरेको आयोगका सचिव एवम् प्रवक्ता वेद भट्टराईद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
बलात्कार गरेको कसुरमा २ वर्ष ६ महिना कैद
१० वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत पाल्पाले १७