INSEC Online

📅 २०८३ जेष्ठ २१

अज्ञात पक्षद्वारा उद्योग बाणिज्य सङ्घका अध्यक्ष पदका उम्मेदवारको गाडीमा आगजनी

बिजौरी उद्योग बाणिज्य सङ्घका अध्यक्ष पदका उम्मेदवार तुलसीपुर उपमनपा–१९ का ३७ वर्षीय प्रेमनाथ योगीको बा १९ च १७६४ नम्बरको स्कारपियो गाडीमा फागुन ७ गते अज्ञात पक्षले  आगजनी गरेको छ ।

फागुन ८ गते हुने  निर्वाचनकालागि  प्रचार प्रसारकामा घरदैलोमा गएका बेला गाडीको टायरमा पेट्रोल छर्केर आजगनी गरिएको पीडितले बताउनु भयो । टायरमा आगो लागेको  बेला घरधनीले थाहा पाए पछि  थप क्षति हुनबाट रोकिएको थियो । आगजनीबाट गाडीको एउटा टायर र  पछाडीको भागमा क्षति पुगेको छ ।

योगीले आगजनी गर्नेको पहिचान गरी कारवाहीको माग गर्दै फागुन ७ गते हेमन्तपुरा प्रहरी चौकीमा  उजुरी दिनु भएको छ  ।

आगजनीबाट  १  लाख रूपिँया बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका इन्स्पेक्टर चक्रडम्बर पालले बताउनु भयो  । उहाँले घटनाको अनुसन्धान भइरहेको बताउनु भयो ।

अन्य

भिडियो