जातीय विभेद गरेको घटनाका आरोपित बलेफी गाउँपालिका ८ लामोसाँघुका ४५ वर्षीय नेत्रबहादुर कार्कीलाई ०७६ फागुन ६ गते प्रहरीले गिरफ्तार गरेको छ ।
आरोपित कार्कीले सोही गाउँपालिका–७ का मनिक गहतराजलाई ०७६ फागुन ५ गते लामोसाँघु बजार स्थित सन्तोषी होटलमा खाजा खान लाग्दा चुलो नजिक आएको भन्दै जातीय विभेद गरेको पीडितको आरोप छ । पीडितले ०७६ फागुन ६ गते इलाका प्रहरी कार्यालय बाह्रबिसेमा जातीय विभेद भएको भन्दै उजुरी गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधवप्रसाद काफ्लेले बताउनु भयो । आरोपितलाई अनुसन्धानको लागि हिरासतमा राखेको प्रहरीले जनाएको छ ।
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ललितपुर महानगरपालिका–२२ भैँसीपाटी बस्ने