व्यास नपा–१० विपि भन्ज्याङका ६६ वर्षीय दलबहादुर विकको हत्याको आरोपमा मृतकका छोरा ३५ वर्षीय तिलबहादुर विकलाई प्रहरीले फागुन ६ गते गिरफ्तार गरेको छ ।
प्यारालाईसिसको बिरामी दलबहादुर घरमा बसिरहेको अवस्थामा छोराले चिर्पट प्रहार गरेको र चिर्पट प्रहारबाट घाइते भएका दलबहादुरलाई उपचारको लागि पोखरा लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी लिलाराज लामिछानेले जानकारी दिनुभयो ।
कमजोर मानसिक अवस्था भएको तिलबहादुरलाई फागुन ६ गते गिरफ्तार गरि हिरासतमा राखिएको र अनुसन्धान डिएसपी लामिछानेले जानकारी दिनुभयो ।