INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव बेचबिखनका घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई प्रलोभनमा पारी भारतमा लगेर बेचबिखन गर्न लागेको आरोपमा प्रहरीले धनपालथान गाँउपालिका–६ कदमाहाका ३८ वर्षीय जगतनारायण मण्डललाई गिरफ्तार गरेको छ ।

आरोपितले ०७५ चैत २८ गते भारत लगि एक होटलमा बन्धक बनाई बलात्कार गरेको र बेचबिखनका लागि मोलमोलाई गरेको आरोपमा पीडितले ०७६ वैशाख ९ गते आरोपित विरूद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि गिरफ्तार गरेको डिएसपी मानबहादुर राईले बताउनुभयो ।

सोही घटनामा संलग्न २२ वर्षीय सञ्जय मण्डल भने फरार रहेको र प्रहरीले खोजी गरिरहेको डिएसपी राईले बताउनुभयो ।

गिरफ्तारीमा परेका व्यक्ति जगतनारायणको नातामा साला पर्ने सञ्जय मण्डलले बालिकालाई भारतमा विवाह गर्ने प्रलोभन देखाई भारत पुर्याएको र बन्धक बनाई बलात्कार गरेको पीडितले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ ।

आफ्नो प्रेमी सञ्जयले भारत पुर्याएको र एक होटलमा बन्धक बनाई साला भेनाले बलात्कार गरेको पीडित बालिकाले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ ।

आरोपितद्वयले बेचबिखनका लागि मोलमोलाई गरेको सुनेपछि आफू होटलको झ्यालबाट फाल हानेर भागी नेपाल आएर उजुरी दिएको पीडित भनाइ छ ।

आरोपित विरूद्ध प्रहरीले फागुन ५ गते जिल्ला अदालत मोरङमा मानव बेचबिखन शीर्षकमा मुद्दा दर्ता गराई कारबाही अघि बढाएको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण कोशी अस्पतालमा वैशाख ९ गते गरिएको छ ।

अन्य

भिडियो